राजस्व सचिवको प्रश्न ‘धितोपत्र निष्कासन नियमनमा न्यायिक मनको अभाव भएको हो कि ?’

२५ जेष्ठ २०८१, शुक्रबार १२:४२

काठमाडौँ । राजस्व सचिव राम प्रसाद घिमिरेले धितोपत्र निष्कासन सम्बन्धी नियमनमा न्यायीक मनको अभाव भएको गुनासो रहेको बताए । नेपाल धितोपत्र बोर्डको ३२ औं वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दैै उनले यस्तो बताए ।

उनले भने, ‘पुँजी बजारमा गतल प्रवृति बढी रहेको छ । बजारलाई उत्पादन क्षेत्रका रुपमा परिचालन हुनु सकेको छैन । पुँजी बजारको अस्वभाविक उतार चडाब हुने गरेको छ । धितोपत्र निष्कासन सम्बन्धमा पनि नियमनमा न्यायीक मनको अभाव त भएको हैन भन्ने गुनासा समेत आउने गरेका छन् । नियमनको प्रभावकारी बनाउनु पर्छ । बोर्ड थप क्रियाशिल हुनुपर्छ ।

आम लगानीकर्तामा बोर्डले उत्साह बढाउनु आवश्यक रहेको घिमिरेको भनाइ रहेको छ । ‘बोर्डका अगाडि अहिले आम लगानीकर्ताको मनोवल बढाउन पर्ने देखिन्छ । जमेको पुँजिलाइ परिचालन गर्नुपर्छ । विभिन्न कार्यक्रम र रणनीति बोर्डले बनाउनु पर्छ । जसका लागि अर्थमन्त्रालय सकारात्मक रहेको छ’ घिमिरेले भने ।

बोर्डको आफ्नै भबन निर्माणका लागि सहजिकरण गरिने उनले बताए । ‘पुँजिबजारमा बोर्डको निर्णयक भुमिका छ । लगानिकर्ता थपिदै गएका छन् । डिम्याट सख्या बृद्धि भइरहेको छ । यसले विकास र विस्तारसगै अबसर समेत सिर्जना गरेको छ । ६ खर्बको पुजि परिचालन भएको छ ।’ उनले भने, बजेट मार्फत सरकार पुँजी बजारका समस्या समाधानका लागि चासो राखेको छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*