नेप्सेमा दुई कम्पनीको साढे ३७ लाख कित्ता बोनस शेयर सूचीकृत

२५ जेष्ठ २०८१, शुक्रबार १३:५५

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा शुक्रबार माउन्टेन इनर्जी र नेशनल लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको हो ।

गत आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत भएको हो । माउन्टेनको १५ प्रतिशत बराबरको २९ लाख ५२ हजार ४०.४ कित्ता र नेशनल लघुवित्तको ७.५ प्रतिशत बराबरको ८ लाख १३ हजार १५४.६६४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

अब दुवै कम्पनीको सूचीकृत बोनस शेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र खरिदबिक्री गर्न सक्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*