बीमितहरुले गरे १० महिनामा झण्डै ११ अर्ब रुपैयाँको बीमा पोलिसी सरेण्डर, कुनको कति ?

२५ जेष्ठ २०८१, शुक्रबार १९:०८

काठमाडौं । नेपालमा सञ्चालन रहेका १४ वटा जीवन बीमा कम्पनीहरुबाट झण्डै ११ अर्ब रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको १० जीवन बीमा कम्पनीहरुबाट १० अर्ब ७० करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएका हुन् ।

तथ्यांक अनुसार विभिन्न जीवन बीमा कम्पनीहरुबाट बीमितहरुले ८७ हजार २०१ वटा बीमा पोलिसी सरेण्डर गरेका छन् । जस अनुसार नेपालको सबैभन्दा ठुलो बीमा कम्पनी नेपाल लाइफबाट बीमितहरुले सर्वाधिक बढी पोलिसी सरेण्डर गरेका छन् । १० महिनामा कम्पनीका बीमितले २४ हजार ३३० वटा पोलिसी बन्द गरेका छन् । सो अवधिमा कम्पनीको सरेन्डर रकम भने ३ अर्ब ८० करोड २४ लाख रुपैयाँ छ । यो कुल सरेन्डर रकमको ३५.५३ प्रतिशत हिस्सा नेपाल लाइफकै छ ।

यस्तै, कुल सरेन्डर रकममा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) को हिस्सा २२.०९ प्रतिशत छ । १० महिनामा एलआइसीको २ अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बराबरको १७ हजार २९६ पोलिसी बन्द भएका छन् । समिक्षा अवधिमा सन नेपाल लाइफको सबैभन्दा कम सन नेपाल लाइफको ५ करोड २३ लाख बराबरको ५४३ वटा पोलिसी सरेन्डर भएको छ ।

राष्ट्रिय बीमा संस्थानको पनि ९० करोड २१ लाख रुपैयाँ बराबरका १० हजार ४८३ वटा पोलिसी, नेशनल लाइफको ७९ करोड ५२ लाख बराबरको ५ हजार ६७१ वटा, एयिशन लाइफको ६७ करोड ७० लाख रुपैयाँ बराबरको ७ हजार ९४३ वटा, सूर्यज्योति लाइफको ५८करोड १० लाख बराबरको ४ हजार २१९ वटा, हिमालयन लाइफको ५७ करोड ८९ लाख बराबरको ६ हजार ५०९ वटा पोलिसी सरेन्डर भएका छन् ।

मेट लाइफको ३३ करोड ६१ लाख , सानिमा रिलायन्सको १६ करोड ५० लाख, प्रभु महालक्ष्मीको १४ करोड २१ लाख, सिटिजनको १२ करोड १६ लाख, आइएमई लाइफको १० करोड ५६ लाख, रिलायवल नेपालको ७ करोड ५७ लाख रुपैयाँ बराबरको सरेन्डर भएका छन् ।

 

One thought on “बीमितहरुले गरे १० महिनामा झण्डै ११ अर्ब रुपैयाँको बीमा पोलिसी सरेण्डर, कुनको कति ?

  1. Your reader says:

    पोलिसी सरेण्डर गर्दा कति रकम कट्टा गर्छ?? यो बारे एउटा समाचार ।पढ् पाए हुनि ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*