श्री डिष्टिलरीले आईपीओ निष्काशन गर्ने

२७ जेष्ठ २०८१, आईतवार ०७:५१

काठमाडौं । श्री डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले असार ११ गते मंगलबार विशेष साधारण सभा बोलाएको छ ।

कम्पनीको जेठ १८ गते बसेको संचालक समितिको निर्णय अनुसार सभा काठमाडौंको बबरमहलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको २ बजे देखि शुरू हुनेछ ।

सभाले सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयर (आईपीओ) निष्काशन गर्ने र सोका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*