निप्सद्वारा आयोजित अन्तर इन्स्योरेन्स फुटसल प्रतियोगिता सम्पन्न

२७ जेष्ठ २०८१, आईतवार १०:०९

काठमाडौं । बाँके जिल्लाको बीमा कम्पनीहरूको छाता संगठन ‘नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) बाँकेद्वारा आयोजित अन्तर इन्स्योरेन्स फुटसल प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।

जेठ २५ र २६ गते भएको उक्त फुटसल प्रतियोगितामा जीवन बीमा, निर्जीवन बीमा र सर्भेयर गरी जम्मा ११ टीमले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको प्रथम स्थानको उपाधि सर्भेयर टीमले जितेको छ भने दोस्रो स्थानको उपाधि सानिमा जनरल इन्स्योरेन्स टीमले जितेको छ । त्यस्तै, प्रतियोगिताको तेस्रो स्थानको उपाधि हिमालयन लाइफ इन्स्योरेन्सको टीमले जितेको छ ।

लाइफ इन्स्योरेन्स अन्तर्गतको हिमालयन लाइफले आफ्नो पहिलो सहभागितामा नै सुखद शुरूवात गरेको थियो । सिनिएर एजेन्सि मेनेजर निरज कुमार भट्टको कप्तानिमा मैदान उत्रिएको हिमालयन लाइफको टीमका टिम मेनेजर बांके बर्दिया उप– प्रदेश प्रमुख उमेश ठाकुरले गरेका थिए ।

उक्त टीममा शाखा प्रमुख दिपक चालिसे, अशोक पुडासैनि, अज्जु भुशाल, श्रि प्रशाद पौडेल , सुर्यमनि पौडेल र राम चौधरि साथै एजेन्सि को तर्फबाट बालकृष्ण महतो, रुपेश चौधरि , योगेश चौधरि, संजय चौधरि को सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*