आइएमई लाइफ इन्स्योरेन्सद्वारा १४ लाख रुपैयाँको दावी भुक्तानी

२७ जेष्ठ २०८१, आईतवार १०:३४

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले सल्यान जिल्लाको कालिमाटी गाउँपालिका वडा नं २ मेघराज वलीको रोजगारको शिलशिलामा मलेसियामा ज्यान गूमेपश्चात सम्पूर्ण प्रक्रिया पुरा गरेपश्चात उनको परिवारलाई १४ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको हो ।

मृत्यु दावी भुक्तानीका लागि सम्पूर्ण कागजात सहित निवेदन प्राप्त गरेको एक हप्तामै आइएमई लाइफ इन्स्योरेन्सले मूत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको सल्यान उपशाखाले मृतकको परिवारलाई कार्यलयमै बोलाई दावी भुक्तानी दिएको हो। मृतक बीमितको परिवारलाई आइएमई लाइफ इन्स्योरेन्स कम्पनी तालिम बिभाग प्रमुख सुनिल आचार्य र कम्पनीका लुम्बिनी र कर्णाली प्रदेश प्रमुख प्रेम तिमिल्सिनाले बीमा बाफतको रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बीमाको बारेमा जानकारी गराउदै कम्पनीका सल्यान उप–शाखा प्रमुख भरत रोकायले बैदेशिक रोजगारी बीमा ,जीवन बीमा, म्यादी बीमाको बारेमा जानकारी गराउँदै दाबी भुक्तानीको सम्पुर्ण प्रकियामा स्थानीय सरकारले खेलेको भुमिका र पहल कदमीको उच्च प्रसंसा गर्दै धन्यवाद ज्ञापन गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*