लगातार तेस्रो दिन समेत घट्यो शेयर बजार, होटल तथा पर्यटन समूहमा आकर्षण, पाँच अर्ब माथि कारोबार

२७ जेष्ठ २०८१, आईतवार १५:०६

काठमाडौँ । लगातार तेस्रो दिन समेत शेयर बजार ओरालो लागेको छ । बजारले झिनो अकंको ओरालो यात्रालाई निरन्तरता दिएको हो । लगानीकर्ताको मनोबल कमजोर हुँदै जाँदा शेयर बजारले गलि लिन सकेको छैन । शेयर बजारको शत्रुको रुपमा रहेको ब्याजदर घट्दा समेत कर्जाको माग बढ्न सकेको छैन ।

लगानीकर्ता मौद्रिक नीति मार्फत शेयर बजारलाई बाधा गर्ने नीति फुकुवाको माग गरी रहेका छन् । यता राष्ट्र बैंकका गर्भनर समेत सकारात्मक हुँदा समेत बजारले सुधार यात्रा तय गरेको छैन । लगानीकर्ता अब आश्वासन भन्दा काम खोजि रहेका छन् । बजार केहि दिन यता झिनो अकंले घटेको देखिन्छ । मार्केट घट्दा समेत कारोबार भने सन्तोषजनक नै देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.५९ अकंले घटेर २०७९.१९ बिन्दुमा बन्द भएको छ । आइतबार ३१३ कम्पनीको १ करोड ४ लाख ५२ हजार १२८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ रुपैयाँको कारोबार भएको छ ।

बजार ओरालो लागेपनि आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज इस्र्टन हाइड्रोपावर, शुभम पावर, सिटि होटल, कुथेली बुखेरी स्मल हाइड्रोपावर र भगवति हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।

आइतबार आठ उपसूचक राताम्य भएका हुन् । यसदिन बैंकिङ समूहको ०.९६ प्रतिशत, विकास बैंक समूहको ०.५९ प्रतिशत, फाइनान्स समूहको ०.९१ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*