पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो ?

२७ जेष्ठ २०८१, आईतवार १५:१३

काठमाडौँ । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.५९ अकंले घटेर २०७९.१९ बिन्दुमा बन्द भएको छ । आइतबार ३१३ कम्पनीको १ करोड ४ लाख ५२ हजार १२८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ रुपैयाँको कारोबार भएको छ ।

यसदिन ९७ कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ भने १४७ कम्पनीको मूल्य घटेको हो । बजार ओरालो लागेपनि आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज इस्र्टन हाइड्रोपावर, शुभम पावर, सिटि होटल, कुथेली बुखेरी स्मल हाइड्रोपावर र भगवति हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।

साथै, समलिङ पावरको ९.२८ प्रतिशत, सयपत्रि हाइड्रोपावरको ८.९५ प्रतिशत, जानकी फाइनान्सको ८.२६ प्रतिशत र युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको ७.९३ प्रतिशतले बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*