बीमा अभिकर्ताको तालिम र प्रमाणपत्र अनलाईन माध्यमबाटै लिन पाउने व्यवस्था लागू गर्न प्राधिकरणको निर्देशन

२७ जेष्ठ २०८१, आईतवार १६:५८

काठमाडौं । अब बीमा अभिकर्ताहरुको तालिम र प्रमाणपत्र अनलाईनमाध्यमबाटै लिन पाउने भएका छन् ।यसअघि अभिकर्ता तालिमको लागि बीमा कम्पनीहरुले तोकेको स्थानमा जानुपर्ने व्यवस्था रहेको थियो । सो व्यवस्था परिमार्जन गर्दै बीमा कम्पनीहरुले अनलाईनबाटै अभिकर्ताहरुको तालिक लिन र ई–प्रमाणपत्र अनलाईनबाटै भुक्तानी गर्न मिल्ने व्यवस्था गरिएको छ।

बीमा प्राधिकरणले साउन १ गतेदेखि पेपरलेस काममा फोकस गर्ने रणनिति बनाएको छ। सो अनुसार कम्पनीहरुलाई पनि काम गर्न निर्देशन दिईसकेको छ।

प्राधिकरणले बीमा कम्पनीहरुले संचालन गर्दै आइरहेको बीमा अभिकर्ताको तालिम निर्देशिका २०७२ बमोजिम हुनेगरी, विद्युतीय कारोबार ऐन, २०६४ को अधिनमा रही विद्युतीय प्रणलीबाट अनलाईन, भिडियो अन गरी संचालन गर्न सक्ने सम्बन्धमा प्राधिकरणबाट भएको निर्णय भएकाले बीमा कम्पनीहरुलाई सोहि बमोजिम गर्न र गराउन बीमा प्राधिकरणले निर्देशन दिएको हो । प्राधिकरणले सो व्यवस्था लागू गर्न प्रयोगमा ल्याईने सफटवयर संचालन गर्नु अघि बीमा प्राधिकरणमा जानकारी दिन समेत आग्रह गरेको छ।

सो को आधारमा बीमा कम्पनीहरुले पनि प्राधिकरणमा अनलाईन माध्यमबाटै अभिकर्ताहरुलाई तालिम र ई– प्रमाणपत्र दिने व्यवस्था गराउन आग्रह गरेको थियो ।सो आधारमा बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई विद्युतीय माध्यमबाट तालिम तथा ई– पेपर दिने व्यवस्था लागू गर्न बीमा कम्पनीहरुलाई निर्देशन समेत दिईसकेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*