नेप्सेमा राष्ट्र बैंकको विकास ऋणपत्र सूचीकृत

२७ जेष्ठ २०८१, आईतवार १७:२१

काठमाडौं । नेप्सेमा नेपाल राष्ट्र बैंकले विभिन्न मितिमा निष्काशन गरेका विकास ऋणपत्रहरु सूचीकृत भएका छन् ।

सरकारको तर्फबाट राष्ट्र बैंकले निष्कासन गरेका रू।५ अर्बको विकास ऋणपत्र ‘एनपीडीबी०८०३२०८९ ९२०८९०३० र रू। १० अर्बको ‘एनपीडीबी०६०५२०८७ ९२०८७०५० नेप्सेमा सूचीकृत भएका हुन् ।

एनपीडीबी०८०३२०८९ नामक ऋणपत्रको वार्षिक ब्याजदर ५ दशलमव ३९ प्रतिशत रहेको छ । २०८१ बैंशाख २० गतेसम्म निष्कासन भएका विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत भएका हुन । यस ऋणपत्रको भुक्तानी मिति २०८९ बैशाख २० गते रहेको छ ।

एनपीडीबी०६०५२०८७ नामक ऋणपत्रको वार्षिक ब्याजदर ५ दशमलव १७ प्रतिशत रहेको छ । २०८१ जेठ ७ गते सम्म निष्कासन भएका विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत भएका हुन । यस ऋणपत्रको भुक्तानी मिति २०८७ जेठ ७ गते रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*