ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, बोलायो साधारणसभा

२८ जेष्ठ २०८१, सोमबार ०७:२१

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले प्रथम वार्षिक साधारणसभा असार २२ गते गर्ने भएको छ । जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले सभा कम्पनीको रजिष्टर्ड कार्यालय बुटवलमा बिहानको ११ बजेदेखि शुरू हुने गरी बोलाएको हो ।

सभाले सर्वसाधारण शेयर (आईपीओ) निष्काशन गर्ने, यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र सर्वसाधारण शेयरधनीलाई छुट्याइएको शेयरबाट कर्मचारीलाई ५ प्रतिशत शेयर छुट्याउने गरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, गत आर्थिक वर्ष (आव) को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने, समूह ‘क’बाट सञ्चालक समितिको निर्वाचन गर्ने, स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्ति गर्ने र सञ्चालकको बैठक भत्ता तथा अन्य सुविधामा छलफल गरिने एजेण्डा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*