आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२८ जेष्ठ २०८१, सोमबार १३:००

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्केट क्याटरिङ्ग एण्ड इभेन्ट प्रा.लि.मा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्ष (आव)को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी चार अर्ब रुपैयाँको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.३१५८ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने र सर्वसाधारण शेयरधनी समूहबाट एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पारित पारित गरेको हो ।

त्यस्तै, गत आवमा संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत अनुमोदन भएको हो । सभा प्रयोजनार्थ कम्पनीले जेठ १४ गते एक दिन बुक क्लोज गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*