आइएमई लाइफको सञ्चालकमा रबिन नेपाल निर्विरोध निर्वाचित

२८ जेष्ठ २०८१, सोमबार १४:१३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा रविन कुमार नेपाल निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको सातौं वार्षिक साधारण सभाले सर्वसाधारण समुहकोतर्फबाट उनलाई आगामी ४ वर्ष अवधिको लागि सञ्चालकमा निर्वार्चित गरेको हो ।

निर्विरोध निर्वाचित बनेका नेपाललाई एक दशकबढी बैंक, वित्तीय संस्था तथा आर्थिक क्षेत्रमा कार्य गरेको राम्रो अनुभव रहेको छ । उनले आफु निर्विरोध निर्वार्चित भएको कारणले खुशी व्यक्त गर्दै सम्पूर्ण लगानीकर्ता र कम्पनीको हितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*