शतप्रतिशत नेपाली लगानी रहेको आइएमई लाइफमा कसको शेयर स्वामित्व कति ?

२८ जेष्ठ २०८१, सोमबार १४:५६

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा सम्पूर्ण लगानी नेपाली समुदायको रहेको छ । कम्पनीको सातौैं वार्षिक साधारण सभाले पारित गरेको आर्थिक वर्ष २०७९।०८० को समग्र वित्तीय विवरण अनुसार कम्पनीमा शत प्रतिशत नेपाली लगानी देखिएको हो ।

कम्पनीमा संस्थापक समुहको ७० र सर्वसाधारण समुहको ३० प्रतिशतको शेयर स्वामित्व रहेको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेको भएकाले सर्वसाधारण शेयरधनीहरुको संख्या पनि बाक्लो छ । जसले गर्दा आइएमई लाइफलाई नेपाली लगानी रहेको र सर्वाधिक विश्वासिलो कम्पनीको रुपले चिनिन्छ ।

कम्पनी सञ्चालक समितीका अध्यक्ष डा.रामहरि अर्यालको संस्थापक समुहको ५० हजार कित्ता बराबरको शेयर स्वामित्व रहेको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको तर्फबाट प्रतिनिधित्व गरेका दिप चन्द्र रेग्मीको ४० लाख कित्ता, आइएमई जनरल इन्स्योरेन्सको तर्फबाट प्रतिनिधित्व गरेका युगेश भक्त बादे श्रेष्ठको व्यत्तिगत २० हजार र प्रतिनिधित्व गर्ने कम्पनीको २ लाख कित्ता बराबरको शेयर स्वामित्व रहेको छ ।

त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्समा एक्रश मनि ट्रान्सफर प्रालिको प्रतिनिधी उषा ढकालको नाममा ५ लाख ७७ हजारबढी कित्ता शेयर रहेको छ । साथै, कम्पनीले केही समय अगाडी प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेसँगै नेपाल र विदेशमा काम गरिरहेका हजारौं व्यक्तिहरु शेयरधनी बनेका छन् ।

कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई आर्थिक वर्ष २०७९।०८० को वितरणयोग्य मुनाफाबाट २५ प्रतिशत बोनश शेयर समेत वितरण गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*