बढ्यो शेयर बजार, साढे पाँच अर्बको कारोबार हुँदा हाइड्रोपावर सेक्टरमा रौनक

२८ जेष्ठ २०८१, सोमबार १५:०६

काठमाडौँ । पुँजी बजारको तीन दिनको ओरालो यात्रामा ब्रेक लागेको छ । सोमबार बजार एकल अकंले बढेको हो । शेयर बजारमा आएको हरियालीले लगानीकर्तामा उत्साहको माहोल सिर्जना भएको छ ।

शेयर बजार अपेक्षा अनुसार माथि उठ्न नसकेपनि कारोबार भने निरन्तर बढ्दो क्रममा रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.९० अकंले बढेर २०८२.०९ बिन्दुमा बन्द भएको हो । सोमबार ३१४ कम्पनीको १ करोड १६ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ ।

यसदिन तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सोमबार कुथेली बुखेरी स्मल, त्रिशुली जलविद्युत र पिपुल्स पावरको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

आज हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको आकर्षण देखिएको छ । हाइड्रोपावर समूहको शेउर ५०.७४ अकंले बढेर २५७७.८२ बिन्दुमा पुगेको हो । साथै, सात उपसूचकको शेयरमा हरियाली आएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*