एनआरएन इन्फ्रास्टक्चरसहित आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

२८ जेष्ठ २०८१, सोमबार १५:३१

काठमाडौं । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ८.९० अंकले बढेर २०८२.०९ को विन्दुमा कायम भएको छ ।

शेयर बजार सामान्य अंकले बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ । सोमबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको कुल ४१ करोड ८७ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, आज माउण्टेन इनर्जि नेपालको २४ करोड ४७ लाख रुपैयाँ, जानकी फाइनान्स कम्पनीको १६ करोड ७७ लाख रुपयाँ, सीईडीबी हाइड्रोपावरको १३ करोड रुपैयाँ र यी बाहेकका अधिकांश कम्पनीको शेयर कारोबार बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*