नेपाल लाइफ बाग्लुङ उपशाखाद्वारा शैक्षिक सामाग्री हस्तान्तरण

२८ जेष्ठ २०८१, सोमबार १८:४६

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बाग्लुङ उपशाखाले बाग्लुङको काठेखोला गाउँपालिका ५, बिहुँ स्थित नवयुबक आधारभुत विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेको छ । एक कार्यक्रमको आयोजना गरि कम्पनिको बाग्लुङ उपशाखा द्वारा उक्त विद्यालयका सबै विद्यार्थीलाई झोला, कापी लगायतका शैक्षिक सामाग्री बितरण गरिएको हो ।

कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको कम्पनिका बाग्लुङ उपशाखा प्रबन्धक हरि प्रसाद काफ्लेले जानकारी दिए । काफ्लेले उपस्थित स्थानिय ब्यक्तिहरुलाइ जीवन बिमाको बारेमा समेत प्रष्ट पारेका थिए ।

कार्यक्रममा बोल्दै पेशागत बिमा अभिकर्ता संघ नेपाल बिमक समिती नेपाल लाइफ इन्स्योरेन्स कम्पनिका केन्द्रिय उपाध्यक्ष एवम् कम्पनिका वरिष्ठ एजेन्सी म्यानेजर राम शरण पोख्रेलले बिमा कम्पनिले गर्ने हरेक सामाजिक कार्यक्रमहरुले समाजमा जीवन बिमाको बारे सकारात्मक जनचेतना फैलने बताए ।

उक्त कार्यक्रमको अवसरमा काठेखोला गाउँपालिका(५ का वार्ड अध्यक्ष ज्ञामनाथ कंडेल, निवर्तमान वार्ड अध्यक्ष शिव प्रसाद कंडेल, विद्यालय ब्यवस्थापन समिती अध्यक्ष मोहन प्रसाद पुन, विद्यालयका प्रधानाध्यापक देवनारायण सापकोटा, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनिका बाग्लुङ शाखा प्रमुख कृष्ण शर्मा पौडेल, स्थानिय सामाजिक ब्यक्तित्वहरु भरत प्रसाद सापकोटा, बिश्वपती शर्मा लगायतले बोलेका थिए । उपस्थित वक्ताहरूले जीवन बिमा कम्पनीले गरेको सहयोगबाट समाजमा बिमा प्रती सकारात्मक सन्देश फैलने बताएका थिए ।

यस अघि कम्पनीको बाग्लुङ उपशाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत पर्वतको कुश्मा नगरपालिका(३, दुर्लुङ स्थित दालपोखरी प्राथमिक विद्यालय र बाग्लुङ नगरपालिका ९, तित्याङ स्थित इन्द्र प्राबीका सबै विद्यार्थीलाई गरि कुल १ सय ४५ जना विद्यार्थिलाइ शैक्षिक सामाग्री हस्तान्तरण गरिएको कम्पनिले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*