माउन्टेन इनर्जीको बोनस शेयर डिम्याट खातामा जम्मा

२९ जेष्ठ २०८१, मंगलवार ०६:५३

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले १५ प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीले चैत्र १३ गते सम्पन्न दशौं वार्षिक साधारणसभाले पारित गरेको उक्त बोनस शेयर जम्मा गरेको हो ।

धितोपत्र दोस्रो बजारमा जेठ २५ गते बोनस शेयर बापतको शेयर सूचीकृत गरी कम्पनीले सम्बन्धित शेयरधनीहरूको डिम्याट खातामा जम्मा गरेको हो । फागुन २९ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको बोनस शेयर पाएका छन् । फागुन २९ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममानै रोक्का जनाई जम्मा गरिएकाले कर्जा राफसाफ भैसकेको भए फुकुवा गर्न कम्पनीले भनेको छ ।

बोनस शेयर डिम्याट खातामानै जम्मा गरिने भएकाले हालसम्म पनि डिम्याट खाता नखोलेका सदस्यहरूलाई यथाशीघ्र खोली आफ्नो बोनस शेयर लिन कम्पनीले आग्रह गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*