नेशनल लघुवित्तको संस्थापक शेयर बिक्रीमा

२९ जेष्ठ २०८१, मंगलवार ०७:२०

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडल संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न सात जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ४० हजार ९१४ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र निवेदन पेश गर्नु पर्नेछ ।

अन्यथा उक्त शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*