हिमालयन रिको लक इन अवधि असार १० गते सकिने

२९ जेष्ठ २०८१, मंगलवार ०७:३१

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको शेयरको लक इन अवधि असार १० गते सकिने भएको छ ।

कम्पनीले गत मंसिर २७ गते देखि पुस २ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको साधारण शेयर पुस ११ गते बाँडफाँड गरेको थियो । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने तीन करोड कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले सामूहिक लगानी कोषहरूलाई छुट्याएको ५ प्रतिशत अर्थात् १५ लाख कित्ता शेयर लक इनमा रहेको छ । सामूहिक लगानी कोषलाई छुट्याइएको शेयर सर्वसाधारणमा बाँडफाँड भएको मितिले ६ महिनासम्म लक इनमा राख्नुपर्ने प्रावधान रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*