तीन कम्पनीको संस्थापक शेयर बिक्रीमा

२९ जेष्ठ २०८१, मंगलवार ०८:००

काठमाडौं । तीन कम्पनीहरूले संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड र मल्टीपर्पस फाइनान्स लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएका हुन् ।

छिमेक लघुवित्तले ४७ हजार कित्ता शेयर प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँमा बिक्रीमा ल्याएको हो । शेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बानेश्वरमा निवेदन पेश गर्नुपर्नेछ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले ३७ हजार १३६ कित्ता शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजारमा निवेदन दिनुपर्नेछ । शेयरको मूल्य बिक्रेता र खरिदकर्ताको आपसी समझदारीमा हुनेछ ।

मल्टीपर्पस फाइनान्सले एक हजार ३९४ कित्ता शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र कम्पनी सचिवको कार्यालयमा खरिद गर्न चाहेको कित्ता विवरण खुलाई निवेदन दिनुपर्नेछ ।

अन्यथा उक्त संस्थापक शेयरहरू अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीहरूले बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*