वेष्ट फाइनान्सले ३.५६ लाख कित्ता संस्थापक हकप्रद शेयर लिलामीमा ल्याउने

२९ जेष्ठ २०८१, मंगलवार ०८:१६

काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले असार ४ गतेदेखि अवितरित संस्थापक हकप्रद शेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले तीन लाख ५६ हजार ७४.५७ कित्ता शेयर लिलामीमा ल्याउने भएको हो ।

यो शेयर जोकोही व्यक्ति, कम्पनी वा संस्थाहरूले खरिद गर्न पाउनेछन् । यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । शेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम एक हजार र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

खरिदकर्ताले कम्पनीको केन्द्रीय कार्यालय, मिलनचोक, अमरपथ, नेपालगञ्ज, घोराही, इटहरी, नारायणगढ, विरगञ्ज र न्यूरोड शाखा कार्यालयका साथै ग्लोबल आइएमई बैंकका विरेन्द्रनगर र धनगढी शाखा कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ । बोलपत्र फाराम पनि सोही स्थानबाट पाइनेछ । आवेदन पेश गर्ने अन्तिम मिति असार ११ गते रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*