प्रोटेक्टिभ माइक्रोद्वारा बीमा सर्भेयरको सूची दर्ता गर्न आह्वान

२९ जेष्ठ २०८१, मंगलवार ०८:४०

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले बीमा सर्भेयरको सूची गर्दा गर्न आह्वान गरेको छ । आर्थिक वर्ष २०८०।८२ मा पर्न आउने दाबीहरूको क्षति, सर्वेक्षण तथा मूल्याङ्कन गर्न कम्पनीले सर्भेयरको सूची दर्ता गर्न आह्वान गरेको हो ।

नेपाल बीमा प्राधिकरणबाट सर्भेयर इजाजत पत्र प्राप्त गरी इजाजत बहाल रहेका इच्छुक व्यक्ति तथा संस्थाले ३० दिनभित्र सूची दर्ताका लागि निवेदन दिनुपर्नेछ । निवेदन कम्पनीको मुख्य कार्यालय धनगढी, बागमती प्रदेश कार्यालय गुसिंगाल वा कम्पनीको इमेल ठेगानामार्फत निवेदन दर्ता गर्न सकिनेछ ।

सूचीकरण हुन इच्छुक सर्भेयरले नेपाल बीमा प्राधिकरणबाट प्राप्त गरेको सर्भेयर इजाजत प्रमाणपत्रको प्रतिलिपि, फर्म वा कम्पनीको दर्ता प्रमाणपत्रको प्रतिलिपि (संस्थाको लागि मात्र), प्यान नम्बर तथा मूल्य अभिबृद्धि कर प्रमाणपत्रको प्रतिलिपि, व्यक्तिगत तथा फर्म वा कम्पनीको अद्यावधिक विवरणका साथै नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*