आइसिएफसि फाइनान्सलाई ३० करोड रुपैयाँको ऋणपत्र जारी गर्न स्वीकृति

२९ जेष्ठ २०८१, मंगलवार ११:३३

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले ३० करोड रुपैयाँको ऋणपत्र जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ ।

कम्पनीले एक हजार रुपैयाँ अंकित दरका तीन लाख कित्ता ‘आइसिएफसि फाइनान्स लिमिटेड डिबेन्चर २०८८’ जारी गर्न अनुमति पाएको हो । कम्पनीको गत चैत्र १९ गते बसेको संचालक समितिको बैठकले ऋणपत्र जारी गर्न राष्ट्र बैंक समक्ष स्वीकृति माग्ने निर्णय गरेको थियो ।

नेपाल राष्ट्र बैंकले जेठ २८ गते कम्पनीलाई ९ प्रतिशत ब्याजदरमा ऋणपत्र जारी गर्न अनुमति दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*