भिजन ईनर्जि एण्ड पावरको विशेष साधारणसभा स्थगित

२९ जेष्ठ २०८१, मंगलवार १२:१०

काठमाडौं । भिजन ईनर्जि एण्ड पावर लिमिटेडको जेठ ३२ गते भर्चुअल माध्यमबाट बस्ने भनेको विशेष साधारणसभा स्थगित गरिएको छ ।

कम्पनीले जेठ २९ गते एक सूचना जारी गर्दै विशेष कारणबश सभा स्थगित गरिएको जानकारी दिएको छ । कम्पनीको जेठ २८ गते बसेको संचालक समितिको बैठकले अर्काे निर्णय नगरेसम्मका लागि सभा स्थगित गर्ने निर्णय गरेको हो ।

कम्पनीले जारी पूँजीको १५ प्रतिशतले हुन आउने रकमको आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित सभा बोलाएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*