स्वास्थ्य बीमाका लागि बीमितहरुले असार मसान्तसम्म सेवा नवीकरण गर्नुपर्ने

२९ जेष्ठ २०८१, मंगलवार १३:०५

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि विसं २०८१ असार मसान्तसम्म बिमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ । बोर्डले स्वास्थ्य बीमामा विसं २०८० वैशाख १ देखि २०८० असार मसान्तमा आबद्ध नयाँ दर्ता तथा नवीकरण गरी २०८० भदौ १ गतेदेखि सेवा सुरु गरेका बीमितहरुले सेवा निरन्तरताका लागि उक्त अवधिभित्र नवीकरण गरिसक्नुपर्ने भनेको हो ।

बीमा नवीकरणका लागि अनलाईनका साथै वडामा रहेको दर्तासहयोगबाट गर्ने सकिनेछ । विसं २०८१ साउन १ गते देखिको नयाँ दर्ता तथा नवीकरण स्वतः २०८१ मंसिर १ देखि क्रियाशील हुने जनाइएको छ ।

बीमितहरुको संख्या ८० लाख ७९ हजार ७८२ जना छन् । हालसम्म ५० लाख ३८ हजार ८४० जनाले नवीकरण गराएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*