शेयर बजारमा देखियो रौनक, परिसूचक २१ सय पुग्दा साढे पाँच अर्बको कारोबार

२९ जेष्ठ २०८१, मंगलवार १५:०८

काठमाडौँ । शेयर बजारमा हरियाली आएको छ । लामो समयपछि परिसूचक समेत २१ सय बिन्दु माथि उक्लिएको हो । शेयर बजारमा आएको सुधारको यात्राले लगानीकर्ता उत्साहित भएका छन् ।

नीतिगत अस्थिरताले थिचिके शेयर बजार बताउँदै आएको लगानीकर्ताका लागि गर्भनर महाप्रसाद अधिकारीले सकारात्मक सन्देश दिदा मार्केटमा रौनक देखिएको हो । गर्भनर अधिकारीले सार्वजनिक कार्यक्रममा नै मौद्रिक नीति खुुकुलो आउने बताउँदै आइरहेका छन् । जसको सकारात्मक असर पुँजी बजारमा परेको हो ।

पछिल्लो समय शेयर कारोबार समेत बढ्न थालेको छ । मौद्रिक नीतिमा लगानीकर्ता आशवादी हुँदा कारोबारमा झुम्मिएका हुन् । दुई तिन साता यता कारोबार ४ अर्ब माथि हुन थालेको हो ।

नेपाल स्टक एक्सचेत्तज (नेप्से) ३३.१५ अकंले बढेर २११५.२४ बिन्दुमा बन्द भएको छ । आज ३११ कम्पनीको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

मंगलबार जीवन बीमा कम्पनीको समूहको २.४० प्रतिशत, निर्जीवन बीमा समूहको २.१९ प्रतिशत, फाइनान्स समूहको २.१६ प्रतिशत, हाइड्रोपावर समूहको २.५८ प्रतिशत, व्यापार समूहको २.१२ प्रतिशतले शेयर मूल्य बढेको हो ।

मंगलबार पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यसदिन बरुण हाइड्रोपावर, ग्रिन भन्र्चस, कुथेली बुखेरी स्मल, भगवती हाइड्रोपावर र अपर हेवाखोलाको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*