पाँच हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो ?

२९ जेष्ठ २०८१, मंगलवार १५:१६

काठमाडौँ । साताको तेस्रो कारोबारको दिन शेयर बजारमा हरियाली आएको छ । बजार दोहोरो अकंले बढ्दा अधिकांश कम्पनीको शेयर मूल्यमा उछाल आएको हो ।

नेपाल स्टक एक्सचेत्तज (नेप्से) ३३.१५ अकंले बढेर २११५.२४ बिन्दुमा बन्द भएको छ । आज ३११ कम्पनीको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण थपिएको छ । मंगलबार पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । जुन सबै हाइड्रोपावर नै रहेका छन् ।

यसदिन बरुण हाइड्रोपावर, ग्रिन भन्र्चस, कुथेली बुखेरी स्मल, भगवती हाइड्रोपावर र अपर हेवाखोलाको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*