नेपाली श्रमिकलाई २४ घण्टा बीमा सुविधाको व्यवस्था गर्न मलेसियन सरकारलाई श्रममन्त्रीको आग्रह

२९ जेष्ठ २०८१, मंगलवार २०:१८

काठमार्डौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र मलेसियाका मानव शंसाधन मन्त्री H.E. Mr. Chee Keong SIM द्धिपक्षीय भेटवार्ता भएको छ । जेनेभामा जारी अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को ११२ औं अन्तराष्ट्रिय श्रम सम्मेलन (आईएलसी) मा सहभागी हुने क्रममा मलेसियन समकक्षी बीच भेटवार्ता भएको हो ।

भेटमा मन्त्री अर्यालले नेपाली श्रमिकको लागि २४ घण्टे बिमा सुविधाको व्यवस्था गर्न आग्रह गरे । त्यस्तै, नेपाल सरकारले श्रमिकको सीप विकासलाई प्राथमिकतामा राखेको बताउँदै सीप विकासका लागी सहकार्य गर्न समेत आग्रह गरे । “हामी नेपाली श्रमिकलाई सीप सिकाएर पठाउँन चाहन्छौ । तपाईहरुले चाहेको सीप सहितको श्रमिक पठाउन हामी इच्छुक छौ । नेपाली श्रमिकको सीप विकासमा सहकार्य गरौैै,” उनले भने ।

त्यस्तै, मन्त्री अर्यालले मलेसियासँगको श्रम सम्झौताको लागि नेपाल सरकारले अन्तिम तयारी गरेको जानकारी गराए । परराष्ट्र र कानुन मन्त्रालयको राय प्राप्त भए पश्चात श्रम सम्झौता नविकरण गरिने बताए । भेटमा मन्त्री अर्यालले मलेसियन मन्त्रीलाई नेपाल भ्रमणको लागि पनि निम्ता गरे ।

भेटमा मलेसियाका मानव शंसाधन मन्त्री H.E. Mr. Chee Keong SIM नेपालसँगको श्रम सम्झौता चाडो नविकरणको होस भन्ने मलेसियन सरकारले चाहेको बताए । त्यस्तै, मलेसियन सरकारले आप्रवासी श्रमिक र स्थानिय श्रमिकलाई समान खालको समाजिक सुरक्षा सुविधा प्रदान गरेको जिकिर गर्दै २४ घण्टे बिमा सुविधा पनि छलफल गरी रहेको बताए । साथै नेपाल भ्रमणको लागि आफु इच्छुक भएको उनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*