एक्कर्ड फर्मास्युटिकल्सले हकप्रद निष्काशन गर्ने

३० जेष्ठ २०८१, बुधबार ०६:३७

काठमाडौं । एक्कर्ड फर्मास्युटिकल्स लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । यसका लागि कम्पनीले असार १४ गते विशेष साधारण सभा गर्ने भएको छ ।

कम्पनीको जेठ २८ गते बसेको संचालक समितिको बैठकले सभा बबरमहलस्थित वसेरा वुटिक होटलमा दिनको साढे १२ बजे बस्ने निर्णय गरेको हो ।

सभाले अधिकृत तथा जारी पूँजी बृद्धि पश्चात् हकप्रद शेयर निष्काशन गर्ने, प्रबन्धपत्र संशोधन गर्ने र सोको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले असार १० गते बुक क्लोज गर्ने भएको छ । यसका आधारमा असार ९ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*