बुद्धभुमी नेपालको एसजीएम आज, हकप्रद निष्काशन मुख्य एजेण्डा

३० जेष्ठ २०८१, बुधबार ०८:२१

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आज जेठ ३० गते विशेष साधारणसभा (एसजीएम) बस्दैछ ।

सभा काठमाण्डौको पानीपोखरीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे देखि शुरू हुनेछ । सभाले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने र कम्पनीको पूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।

कम्पनीले सभा प्रयोजनार्थ गत जेठ २३ गते एक दिन लागि बुक क्लोज गरिसकेको छ । यसका आधारमा जेठ २२ गतेसम्म कायम शेययरधनी मात्रै सभामा भाग लिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*