विकास बैंक र फाइनान्समा आकर्षण, पाँच महिना यताकै उच्च कारोबार, किन हौसिए लगानीकर्ता ?

३१ जेष्ठ २०८१, बिहीबार १५:३१

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन लगानीकर्ता शेयर बिक्री गर्ने तिर हाबि भएका छन् । तीन दिन बजार उच्च सुधार देखिएकोमा आज भने लगानीकर्ता नाफा बुक गर्ने तिर लागेका हुन् ।

कारोबार आज पाँच महिना यता कै उच्च बन्न पुगेको छ । यसअघि माघ ७ गते ७ अर्ब ६७ करोड कारोबार भएको थियो । आजको कारोबार सो यता कै उच्च हो । आज ६ अर्ब ४४ करोड ३० लाख २९ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

साताको अन्तिम कारोबारको दिन नेपाल फाइनान्सको २८ करोड ४७ लाख रुपैयाँ, एनआरएन इन्फाइट्रचरको २० करोड ५७ लाख रुपैयाँको कारोबार भएको हो ।

बिहिबार समग्र मार्केट ९.३२ अकंले घटेर २११२ बिन्दुमा बन्द भएको छ । बजारमा करेक्सन देखिएपनि फाइनान्स र विकास बैंकमा भने लगानीकर्ताको आकर्षण देखिएको छ । यसदिन विकास बैंक समूहको १.३१ प्रतिशत र फाइनान्स समूहको २.०३ प्रतिशतले शेयर मूल्य बढेको देखिन्छ ।

नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा जुटेको छ । गर्भनर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममै अबको मौद्रिक नीति खुुकुलो आउने बताउपछि शेयर बजारका लगानीकर्ता हौसिएका हुन् । लगानीकर्ताको अबको नीति मार्फत नीतिगत सुधार हुने आश राखेका छन् ।

यता, शेयर बजारमा लगानीकर्ताको मनोबलले ठुलो भुमिका खेलेको हुन्छ । अहिले लगानीकर्ताको मनोबल उच्च छ । नियामक निकायले शेयर बजारलाई दिएको प्राथमिकताले शेयर बजारका लगानीकर्ता खुसी छन् । केहि समय अघि अर्थमन्त्री वर्षमान पुनले पनि मौद्रिक नीति अर्थतन्त्र सुधार हुने र नीतिगत अवरोध फुकुवा हुने गरी आउने बताएका थिए । सोहि कारण समेत लगानीकर्ता आशावादी बनेका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*