शुक्रबार घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

३२ जेष्ठ २०८१, शुक्रबार १०:३९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४१ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला १८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*