शेयर बजारका लगानीकर्ताका लागी उत्साहमय साता, के हुन पुँजी बजारले गति लिने आधारहरु ?

१ असार २०८१, शनिबार ०९:२६

काठमाडौँ । यो साता शेयर बजारमा लगानीकर्ताका लागि उत्साहमय वातावरण बनेको छ । पाँच दिन कारोबार हुँदा तीन दिन शेयर बजार बढेको हो । नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा जुटेको छ । गर्भनर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममै अबको मौद्रिक नीति खुुकुलो आउने बताउपछि शेयर बजारका लगानीकर्ता हौसिएका हुन् । लगानीकर्ताको अबको नीति मार्फत नीतिगत सुधार हुने आश राखेका छन् ।

गर्भनरले अब ल्याउन लागेको मौद्रिक नीति उनको कार्यालयका अन्तिम मौद्रिक नीति हो । उनको कार्यकाल २०८१ चैतमा समाप्त हुनेछ । उनको कार्यकालमा शेयर बजारको कसिलो नीतिले चौर्तर्फी आलोचना भइरहेको थियो । अब भने गर्भनर अधिकारी कसिलो नीति फुकुवा गर्ने मुडमा छन् । सोहि कारण शेयर बजारमा लगानीकर्ता आशावादी बनेका हुन् ।

कारोबारमा छलाङ

यस साता कारोबार पाँच महिना यता कै उच्च समेत पुगेको हो । यसअघि माघ ७ गते ७ अर्ब ६७ करोड कारोबार भएको थियो । साताको अन्तिम अर्थात बिहिबारको कारोबार सो यता कै उच्च हो । बिहिबार ६ अर्ब ४४ करोड ३० लाख २९ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

अन्य कारोबारको दिन समेत शेयर कारोबार पाँच अर्ब माथि नै भएको देखिन्छ । यस साताको आइतबार ५ अर्ब १५ करोड, सोमबार पाँच अर्ब ४७ करोड, मंगलबार ५ अर्ब ५३ करोड र बुधबार ५ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको छ । यस साता कारोबारमा आएको रौनकताले शेयर बजारका लगानीकर्ताको मनोबल उच्च भएको पाइन्छ । समग्रमा यो साता २८ अर्ब ५७ करोड २१ लाख ६९ हजार रुपैयाँको कारोबार भएको छ ।

शेयर बजारमा लगानीकर्ताको मनोबलले ठुलो भुमिका खेलेको हुन्छ । अहिले लगानीकर्ताको मनोबल उच्च छ । नियामक निकायले शेयर बजारलाई दिएको प्राथमिकताले शेयर बजारका लगानीकर्ता खुसी छन् । केहि समय अघि अर्थमन्त्री वर्षमान पुनले पनि मौद्रिक नीति अर्थतन्त्र सुधार हुने र नीतिगत अवरोध फुकुवा हुने गरी आउने बताएका थिए । सोहि कारण समेत लगानीकर्ता मख्ख छन् ।

३४ अकंले बढ्यो नेप्से, परिसूचक २१ सय बिन्दु

अन्य साता घटीमा गुज्रि रहेको शेयर बजारमा यो साताको दोहोरो अकंको सुधार देखिएको छ । यो साता शेयर बजार ३४ अकंले बढेको हो । साताका आइतबार ४.५९ अकं र बिहिबार ९.३२ अकंले शेयर बजार घटेको हो । साताको सुरुवातमा घटेर सुरु भएको बजार अन्तिम दिन पनि सोहि निरन्तरता दिएको भएपनि बीचका कारोबार भने उत्साह आएको हो ।

यो साता लगानीकर्ता हाइड्रोपावर र फाइनान्सको शेयरमा झुम्मिएका छन् । कम्पनीहरुको शेयर मूल्यमा आएको उछालले लगानीकर्ताका लागि यो साता सुखत रहेको हो । लामो समय २ हजार बिन्दु परिसूचकमा घुमि रहेको नेप्से यो साता २१ सय माथि उक्लिएको हो । यो साताको अन्तिम तीन कारोबारको दिन भने परिसूचक २१ सय माथि बन्द भएको हो ।

साताको अन्तिम कारोबारको दिन लगानीकर्ता शेयर बिक्री गर्ने तिर हाबि हुँदा शेयर बजारमा करेक्सन देखिएको हो । तीन दिन बजार उच्च सुधार देखिएकोमा बिहिबार भने लगानीकर्ता नाफा बुक गर्ने तिर लागेका हुन् ।

अबको यात्रा कता ?

प्रायः असार र साउन शेयर बजारको महिना भनेर चिन्ने गरिन्छ । शेयर बजारको शत्रु भनिएको बैंकहरुको ब्याजदर निरन्तर ओरालो लागि रहेको छ । बैंकहरुले अब असार १ गतेदेखि लागु हुने गरी ब्याजदर घटाएका छन् । अब बिस्तारै कर्जाको माग समेत बढ्दै जाने अपेक्षा गरिएको छ ।
लगानीकर्ता मनोबल उच्च हुनु, नियामक निकायको सक्रियता, ब्याजदर घट्नु, अर्थतन्त्र लयमा आउनु, गर्भनर अधिकारीले मौद्रिक नीति खुकुलो आउने आश्वासन दिनुले अबका शेयर बजारमा यात्रा उकालो तिर नै लम्किने देखिन्छ ।

यता, शेयर बजार सुधारका लागि आवश्यक तरलता अवस्था निकै सहज छ । यसले पनि आगामी दिनमा सकारात्मक प्रभाव पार्न देखिन्छ । यसैगरी, केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले अर्थतन्त्रका सूचकहरु सबल बन्दै गएको देखाएको छ । विशेषगरी बाह्य क्षेत्र मजुबत बनेको छ । शोधनान्तर, चालु खाता, रेमिटेन्स तथा विदेशी विनिमय सञ्चितिको अवस्था राम्रो रहेको छ । यसको पनि केही सकारात्मक प्रभाव पर्न सक्छ ।

शेयर धितो कर्जामा क्याप लगाईंदा ठूला लगानीकर्ताहरु मारमा परेका छन् । अहिले व्यक्तिगत लगानीकर्तालाई १५ करोड र संस्थागत लगानीकर्तालाई २० करोडको क्याप छ । यसैगरी, शेयर धितो कर्जाको जोखिमभार पनि बढी छ । यसलाई घटाउन लगानीकर्ताले माग गरेका छन् । मौद्रिक नीति मार्फत यी कुरा सम्बोधन भए बजारले सकारात्मक गति लिने निश्चित छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*