सिटिजन लाइफको डिसीईओमा दिप बहादुर बिसी

१ असार २०८१, शनिबार २२:०५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी (डिसीईओ)मा दिप बहादुर बिसी नियुक्त भएका छन ।

कम्पनीको सञ्चालक समितिको असार १ गते बसेको बैठकले आजदेखि लागू हुने गरी बिसीलाई नायब प्रमुख कार्यकारी पदमा पदोन्नती गरेको हो ।

उनले एशिया ई युनिभर्सिटीबाट स्नातकोतर तहको उपाधी हासिल गरेका छन । साथै, द इन्स्टिच्युट अफ चार्टर्ड अकाउण्टेण्ट अफ नेपालबाट चार्टर्ड अकाउण्टेन्सी इन्टरमेडिएटको शिक्षा पनि पुरा गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*