कुमारी बैंकको स्वामित्वमा रहेको सलिकोको ६४ हजार कित्ता शेयर लिलामीमा, न्यूनतम मूल्य कति?

२ असार २०८१, आईतवार ०७:०३

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको आफ्नो ६४ हजार ६१२ कित्ता शेयर लिलामीमा ल्याएको हो ।

यो शेयर विद्यमान संस्थापक शेयरधनी तथा सर्वसाधारणले किन्न पाउनेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपैयाँ तोकिएको छ । शेयर खरिदका लागि आवेदन दिँदा घटीमा ५ हजार र बढीमा प्रस्तावित सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

शेयर खरिद गर्न इच्छुकले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) मा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र आज असार २ गते देखि असार ९ गते अपरान्ह ३ बजेसम्म पेश गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*