प्रतिकित्ता ५० रुपैयाँमा नेशनल फण्डले ५०% हकप्रद बिक्रीमा ल्याउँदै
काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि ५० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीको जेठ २५ गतेको विशेष साधारणसभाले ५४ करोड रुपैयाँको ५० प्रतिशत अर्थात् २ः१ अनुपातमा हकप्रद बिक्री खुला गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बमोजिम कम्पनीले ५० रुपैयाँ अंकित मूल्यमा २७ करोड रुपैयाँको हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
कम्पनीले असार १९ गते देखि साउन २२ गतेसम्म उक्त हकप्रद शेयर बिक्रीका लागि खुला गर्नेछ । यो शेयर जेठ ३२ गतेसम्म कायम शेयरधनीहरूले किन्न पाउनेछन् ।