हिमालयन लाइफको बीमालेख नवीकरणमा १००% सम्म छूट
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा १०० प्रतिशतसम्म छूट दिने निर्णय गरेको छ । साविकको प्राइम, यूनियन र गुराँस लाइफबाट जारी भई व्यतित भएका बीमालेखहरू असार ६ देखि २३ गतेसम्म नवीकरण गरेमा छूट दिने भएको हो ।
कम्पनीले ३ वर्षसम्मको बीमालेख अवधिमा १०० प्रतिशत छूट, ३ देखि माथि ५ वर्षसम्मको बीमालेख अवधिमा ५० प्रतिशत छूट दिनेछ । त्यस्तै ५ देखि माथि ७ वर्षसम्मको बीमालेख अवधिमा ३५ प्रतिशत छूट र ७ वर्ष देखि माथि जतिसुकै अवधिको बीमालेखमा २५ प्रतिशत छूट दिने कम्पनीले जनाएको छ ।
साथै यस प्रकारको छूट बीमालेख अवधिभर एकपटक मात्र पाइने र छूट सुविधाको उपयोग गरी नवीकरण गरिएको बीमालेख दुई वर्षभित्र सरेन्डर गरेमा छूट कट्टा गरिने सूचनामा उल्लेख गरिएको छ ।