एलआईसी नेपालको साधारणसभा आज
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) को २२औं वार्षिक साधारण सभा आज असार १३ गते बस्दैछ । कम्पनीको जेठ १३ गते बसेको संचालक समितिको बैठकले ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ः४५ बजे सभा बस्ने निर्णय गरेको हो ।
कम्पनीले यसअघिनै गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश नबाड्ने निर्णय गरिसकेको छ । सभाले गत आवको वार्षिक प्रतिवेदन अनुमोदन गर्ने, नाफा नोक्सान, तथा नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
सभा प्रयोजनार्थ कम्पनीले जेठ ३२ गते एक दिन बुक क्लोज गरिसकेको छ। यसका आधारमा जेठ ३१ गतेसम्म कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन योग्य हुनेछन् ।