सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी रकम भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको बेलौरी शाखा कार्यालयले आज (असार १६ गते) बीमित स्व. काशीराम डगौराको असामायिक निधन भएपश्चात बीमा दावी वापतको रकम हस्तान्तरण गरेको हो ।
स्वर्गिय बीमित डगौराले सन नेपाल लाइफ इन्स्योरेन्समा १ लाख ५१ हजार रुपैयाँ बिमांक रहेको ‘सन नेपाल लाइफ सावधिक जीवन बीमा पोलिसी खरिद गरेका थिए । उनले बार्षिक ६ किस्ता वाफत ६३ हजार रुपैयाँ भुत्तानी गरेका थिए ।
बीमित डगौराको यहि बैशाख ३० गते मृत्यु भएकाले बीमीतको इच्छाइएको व्यक्ति निजको श्रीमती गौरी कुमारी चौधरीलाई बिमाङ्क रकम र बोनस रकम वापतको कुल दाबी रकम एक लाख ८० हजार रुपैयाँ हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । उक्त दावी वापतको रकम कम्पनीका बेलौरी शाखा कार्यालय प्रमुख सेब रानाले हस्तान्तरण गरेका हुन् ।