कमेडी च्याम्पियनका उत्कृष्ट तीन जनाको आइएमई लाइफद्वारा निःशुल्क बीमा
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कमेडी च्याम्पियन सिजन–३ का उत्कृष्ट तीनजना प्रतिस्पर्धीहरूको निःशुल्क बीमा गरिदिएको छ ।
कम्पनीले शनिबार साँझ सम्पन्न भएको सिजन–३ का उत्कृष्ठ तीनजना प्रतिस्पर्धीहरूको जनही १५ लाख रुपैयाँबराबरको म्यादी जीवन बीमा गरिदिएको हो ।
कम्पनीका चिफ मार्केटिङ अफिसरले सिजन–३ का विजेता सुनिल खड्का, फर्स्ट रनरअप ऋषभ काफ्ले र सेकेन्ड रनरअप सुयशा खनाललाई जनही १५ लाख रुपैयाँको म्यादी जीवन बीमा योजना हस्तान्तरण गरेका हुन् ।