आइसिएफसि फाइनान्सले ३० करोड बराबरको ऋणपत्र जारी गर्न, बोर्डमा दियो आवेदन
काठमाडौँ । आइसिएफसि फाइनान्स लिमिटेडले ३० करोड बराबरको ऋणपत्र जारी गर्ने भएकोछ । कम्पनीले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले ३ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि असार १८ गते बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड छ । कम्पनीले आगामी ७ वर्षसम्मका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न लागेको हो ।
ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले कुल कित्तामध्ये १ लाख २० हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी १ लाख ८० हजार कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।