तत्काललाई रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ निष्कासन प्रक्रिया रोक्ने धितोपत्र बोर्डको निर्णय

२६ असार २०८१, बुधबार १३:०२

काठमाडौँ । रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ रोकिने भएको छ । आज अर्थात् असार २६ गते मुक्ति श्रेष्ठको नेतृत्वमा बसेको नियमन विभागको विभागिय बैंठकले कम्पनी आइपीओ रोक्ने निर्णय गरेको हो ।

चौतर्फी दबाबपछि कम्पनीको आइपीओ रोक्ने निर्णयमा बोर्ड पुगेको हो । कम्पनीलाई आइपीओ निष्कासन अनुमति दिँदा घोटाला भएको विषय संघीय संसदको सार्वजनिक लेखा समितिमा प्रश्न उठे पछि बोर्ड आइपीओ प्रक्रिया रोक्ने निर्णयमा पुगेको हो । तत्काललाई आइपीओ प्रक्रिया अघि बढाउन नदिने निर्णय भएको बोर्ड स्रोतले जनाएको छ ।निर्णयको पत्र भने सार्वजनिक भइसकेको छैन ।

समितिले एक साताको समय दिएर नेपाल धितोपत्र बोर्डसँग रिलायन्स मिल्सको आइपीओ सम्बन्धमा प्रष्टिकरण माग गरेको छ । कम्पनीको शेयर आधार मूल्य के आधारमा तय गरिएको हो ? बुक बिल्डिङको आधार मूल्य तय गर्ने अधिकार कसलाई छ र यसको प्रकृया के हो? सो सम्बन्धमा जवाफ माग गरेको छ । कम्पनीले वित्तीय विवरणमा गत वर्ष प्रति शेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको उल्लेख गरेकोमा अहिले एक वर्ष नपुग्दै उक्त आम्दानी २ रुपैयाँ ८ पैसामा झर्नुमा समेत आशंका व्यक्ति गरेको छ । यसअघि वित्तीय विवरण तयार गर्दा म्यानुपुलेसन भएको अनुमान गर्न किन नसकिने ? भने प्रश्न गरेको छ ।

 

2 thoughts on “तत्काललाई रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ निष्कासन प्रक्रिया रोक्ने धितोपत्र बोर्डको निर्णय

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*