पुँजीबजारमा रौनकः २२ सय बिन्दुतिर लम्किदै परिसूचक, कारोबार समेत उकालो यात्रामा

२६ असार २०८१, बुधबार १५:०६

काठमाडौँ । शेयर बजार रौनक आइरहेको छ । बजार निरन्तर सकारात्मक दिसा तिर लम्कि रहेको हो । लगानीकर्ताको मनोबल दरिलो बन्दै जाँदा शेयर बजारले पनि सकारात्मक गति लिदै आइरहेको छ । नयाँ सत्ता समीकरणले शेयर बजारका लगानीकर्तामा उत्साहको माहोल सिर्जना भएको हो ।

अर्थतन्त्र सुधार तिर लम्कि रहेको, ब्याजदर ओरालो लागि रहेको र नयाँ सत्ता समीकरण नियामकसँग समन्यव बढ्ने आशले शेयर बजारका लगानीकर्ता मख्ख छन् । गर्भनर महाप्रसाद अधिकारीले समेत मौद्रिक नीति लचिलो आउँने संकेत बेला बेला गर्दै आइरहेका छन् । सोहि कारण पनि पुँजी बजारका लगानीकर्ता खुसी छन् । नियामक र सरकारबीच समन्वय बढ्ने आश लगानीकर्तामा रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.२५ अकंले बढेर २१७५.४० बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ ।

यसदिन, विकास बैंकबाहेक अन्य १२ उपसूचकमा हरियाली आएकोछ । आज बैंकिङ समूहको १.६९ प्रतिशत, फाइनान्स समूहको १.१५ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.९४ प्रतिशत र हाइड्रोपावर समूहको १.०७ प्रतिशतले शेयर मूल्य बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*