बीमालाई दायित्वको रुपमा बुझ्ने गलत प्रवृत्तिलाई चिरौं र बीमा सम्पत्ति हो भन्ने भावनाको विकास गरौंः सन नेपाल लाइफ सिईओ अर्याल

६ आश्विन २०८१, आईतवार २१:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको सातौं बार्षिकोत्सव भव्य रुपमा आज सम्पन्न गरेको छ । सातौं बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै सन नेपाल लाइफका सिईओ राज कुमार अर्यालले बीमा दायित्व भन्ने भ्रम जताततै फैलिएकोले यसलाई तिरेर बीमा सम्पत्ति हो भन्ने यथार्थ जनताको बीमा पुर्याउनु पर्ने अवस्था रहेको बताएका छन् ।

कम्पनीको बार्षिकोत्सव कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै सिईओ अर्यालले भने, ‘बीमा गर्ने कुरा जनताले करकाप र दायित्व सम्झने अवस्था अझै रहेको छ, बास्तवमा यो दायित्व होइन, बीमा बीमितको सम्पत्ति हो । हामीले जनतालाई बीमा सम्पत्ति हो भनेर बुझाउन सक्नुपर्दछ ।’

सिईओ अर्यालले पछिल्लो समय हरेक क्षेत्रमा जोखिम बढ्दै गएको र प्रविधिले अझै जोखिम बढाएकोले प्रणालीमा आधारित जोखिम नियमनबाट अझै उच्च स्तरीय बीमा सेवा दिन आवश्यक रहेको बताए । सन नेपाल लाइफले बीमाको दीगो विकास र व्यवसाय समेत दीगो शैलीको खोज्ने रणनीतिमा अघि बढेको बताउँदै बीमा सबैभन्दा पहिला सार्वजनिक सेवा भएको भन्दै जुनसुकै अवस्थामा जनतालाई सेवा दिन तत्पर हुनुपर्ने बताए ।

One thought on “बीमालाई दायित्वको रुपमा बुझ्ने गलत प्रवृत्तिलाई चिरौं र बीमा सम्पत्ति हो भन्ने भावनाको विकास गरौंः सन नेपाल लाइफ सिईओ अर्याल

  1. रीता घिमीरे काफ्ले says:

    Right

Leave a Reply to रीता घिमीरे काफ्ले Cancel reply

Your email address will not be published. Required fields are marked *


*