२८ हजार बीमितले त्यागे जीवन बीमा कम्पनीबाट पौने ४ अर्बको बीमा पोलिसी, कुनमा कति ?

१४ कार्तिक २०८१, बुधबार १२:०३

काठमाडौ । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा जीवन बीमा कम्पनीबाट बीमितहरुले र्पौने चार अर्ब रुपैयाँ बीमा पोलिसी सरेण्डर गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुमा बीमितहरुले प्रथम त्रैमासको अवधिसम्ममा ३ अर्ब ८२ करोड ४६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी गरेका हुन् ।

कम्पनीको २८ हजार बीमितले बीमा कम्पनीबाट यो मात्रामा बीमा पोलिसी सरेण्डर गरेका हुन् ।

असोज मसान्तसम्ममा एलआईसी नेपाल, नेपाल लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीको सर्वाधिक सरेण्डर भएको छ ।

एलआईसी नेपालमा प्रथम त्रैमासको अवधिमा १ अर्ब २२ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ।

दोस्रोमा नेपालमा सबैभन्दा बढी कारोबार गर्दै आएको नेपाल लाइफमा सरेण्डर बढी भएको देखिएको छ । कम्पनीमा १ अर्ब ८ करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।

तेस्रोमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ। कम्पनीको २७ करोडको बीमा पोलिसी सरेण्डर भएको छ।

बीमा प्राधिकरणको तथ्यांक अनुसार एशियन लाइफको २४ करोड रुपैयाँ, नेशनल लाइफको २३ करोड रुपैयाँ, सूर्य ज्योति लाइफको १९ करोड ३३ लाख रुपैयाँ, हिमालयन लाइफको १९ करोड २३ लाख रुपैयाँ र मेट लाइफको १० करोड ६३ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ ।

त्यस्तै, सानिमा रिलायन्स लाइफको ७ करोड ७८ लाख रुपैयाँ, आइएमई लाइफको ५ करोड ११ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ४ करोड ६९ लाख रुपैयाँ, सिटिजन लाइफको ४ करोड ४८ लाख रुपैयाँ, रिलायबल नेपालको २ करोड रुपैयाँ र सन नेपाल लाइफको १ करोड ७७ लाख रुपैयाँ बीमा पोलिसी सरेण्डर भएको छ।

यस अवधिमा ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएर पनि ४१ अर्ब ८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न कम्पनीहरु सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*