नेपाल पुनर्बीमा कम्पनीको ‘डबल ए माइनस’ रेटिङ पुनः पुष्टि, उच्च सुरक्षा र न्यून जोखिम प्रमाणित

६ मंसिर २०८१, बिहीबार ११:०९

काठमाडौँ । इक्रा नेपालले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडलाई ICRANP-IR] AA-  (उच्च सुरक्षा स्तर संकेत गर्ने डबल ए माइनस) रेटिङ पुनः पुष्टि गरेको छ। यो रेटिङले वित्तीय दायित्वहरूको समयमै सेवा प्रदान गर्न उच्च सुरक्षा रहेको जनाउँछ। यस्ता संस्थाहरूमा क्रेडिट जोखिम अत्यन्तै न्यून हुने गर्दछ।

रेटिङ प्रतीकमा थपिएको  + (प्लस) वा – (माइनस) चिन्हले सम्बन्धित रेटिङ श्रेणीभित्रको संस्थाको तुलनात्मक स्थानलाई सूचित गर्दछ। यो रेटिङ कुनै विशिष्ट ऋण उपकरणमा केन्द्रित नभई संस्थाको समग्र ऋणक्षमता सम्बन्धी एक मात्र धारणा हो।

नेपाल पुनर्बीमा कम्पनीको यो रेटिङले कम्पनीको दीर्घकालीन स्थायित्व र बजारमा सकारात्मक प्रभावलाई बलियो बनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*