‘कृषकको बीमा बापतको रकम भुक्तानी गर्न ८० करोड बीमा प्राधिकरणको खातामा’

काठमाडौँ । सरकारले कृषि बालि तथा पशुधन कृषकहरूको बीमा रकम भुक्तानी गर्न ८० करोड रुपैयाँ नेपाल बीमा प्राधिकरणको खातामा पठाएको छ। प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलिले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘कृषि बालि तथा पशुधनमा बीमा समावेश भएका हजारौं कृषकको बीमा बापतको रकम भुक्तानी गर्ने ८० करोड रकम नेपाल बीमा प्राधिकरणको खातामा पठाइएको छ ।’
ओलीले बैठकमा देशको कृषि, अर्थतन्त्र र निर्माण क्षेत्रका समसामयिक समस्यामा सरकारको कदमको समीक्षा गर्दै सकारात्मक प्रगति भएको बताए। उनले भने, ‘धेरै समयदेखि ३५ जिल्लाका कृषकलाई सरकारले एक सय दिन भित्रै भुक्तानी गरेका छौं।’
‘७५ हजार उखु किसानहरूले पनि आफ्नो पसिनाको मूल्य पाउन सकेका छन्, जसले वर्षौंदेखि अनुदानको रकम पाएका छैनन्’ उनले थपे।
सरकारले अर्थतन्त्रको सुधारका लागि विभिन्न चुनौतीहरूको सामना गर्दै सकारात्मक परिणामहरू देखाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राजस्व संकलन १३ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको तुलनामा देशको अर्थतन्त्र सकारात्मक बाटोमा लम्किरहेको छ।’
त्यस्तै, उनले नेप्से परिसूचक, आयात, निर्यात, विदेशी विनियम सञ्चिति, कर्जा वृद्धिमा सरकारले उल्लेखनीय काम गरेको उल्लेख गरे। अर्थतन्त्रमा भयावह अवस्था छैन भन्दै उनले, ‘अर्थतन्त्रका सुचकहरू सही छन् र अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान गएको छ।’
निर्माण व्यवसायीहरूको समस्यामा पनि समाधान भएको कुरा गर्दै उनले निर्माण व्यवसायीहरूलाई पाउनु पर्ने वक्यौता भुक्तानी प्राप्त भएको बताएको बताए। प्रधानमन्त्री ओलीले भने, ‘अर्थतन्त्रलाई लयमा ल्याउन सरकारले जे जति गर्ने सक्छ, त्यो गरेको छ।’