गार्डियन माइक्रो लाइफको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल नियुक्त
२१ माघ २०८१, सोमबार ०९:३७

काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सकोले एनआईएमबि एस क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले धितोपत्र कारोबार सम्बन्धी सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने तथा अन्य शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
शेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत शेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु एनआईएमबि एस क्यापिटलले गर्नेछ ।