कर्मचारीको संख्या घटाउने सरकारको निर्णय, यस्तो बन्यो नयाँ मापदण्ड (पूर्णपाठ)

२३ माघ २०८१, बुधबार १७:१२

काठमाडौँ । नेपाल सरकारले सरकारी कर्मचारीहरुको संख्या घटाउने भएको छ । सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड, २०८१ जारी गर्दै केन्द्रीय, प्रदेशस्तरीय र स्थानिय तहका कर्मचारी घटाउने भएको हो ।

‘नेपाल सरकारको केन्द्रीय, प्रदेशस्तरीय र स्थानीय संरचनाहरू क्रमशः कम गर्ने र तअनुरूप विद्यमान दरबन्दीको सङ्ख्या घटाउने गरी सङ्गठन पुनर्संरचना गर्दै सङ्गठन संरचना छरितो र कामयाबी बनाउँदै लगिनेछ’ मापदण्डमा भनिएको छ ।

त्यस्तै तालिम, गोष्ठी तथा सेमिनार तारे होटलहरुका गर्ने नपाउने समेत मापदण्ड तयार भएको छ । तालिम, गोष्ठी, सेमिनार, छलफल, बैठक, अन्तक्रिया जस्ता कार्यक्रम उपलब्ध भएसम्म अनलाइन प्रविधिको माध्यमबाट सञ्चालन गर्नु पर्नेछ जनाएको छ । त्यस्ता कार्यक्रम भौतिक रूपमा उपस्थित भई सञ्चालन गर्नु परेमा सम्भव भएसम्म आफ्नै सभाहल वा बैठक कक्ष, सार्वजनिक सभाहल वा बैठक कक्ष प्रयोग गर्नु समेत भनिएको छ ।

 

सरकारी निकायको तोकिएको जिम्मेवारीमा पर्ने अवस्थामा बाहेक कुनै पनि निकायले नेपाल सरकारको स्रोत र वैदेशिक ऋणबाट खर्च व्यहोर्ने गरी आवासीय गोष्ठी वा कार्यशाला आयोजना गर्न नपाउने मापदण्डमा भनिएको छ ।

यता, विदेशी अतिथि तथा पाहुनाको लागि गरिने अतिथी सत्कारका लागि बाहेक अन्य अवस्थामा सरकारी खर्चमा भोजभतेर गर्न नपाईने भएको छ ।

सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी वनाउने सम्बन्धी मापदण्ड, २०८१

उक्त मापदण्ड माघ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ ।

4 thoughts on “कर्मचारीको संख्या घटाउने सरकारको निर्णय, यस्तो बन्यो नयाँ मापदण्ड (पूर्णपाठ)

  1. Chandika adhikari says:

    Ekdam sahi nidaya garnu bhako xa talim ko name ma paisa matra sakaune bhairako xa talim ko sata karmachari bharna garnu bhayo bhane sewa ta ramro hunxa 1 jana le 10 wata talima liyar k chahi garxa ra 1 talim 1 janalai dinu parxa

  2. रमेश सापकोटा says:

    रेल कम्पनी पानी जहाज कम्पनी प्रेदेश खारेज होस। मितव्ययिता त्यही हुन्छ।

  3. Mukunda karki says:

    ठिक हो अझै अधिकृत भन्दा मुनिको उमेर 50काटेको लाई सबै घरमा पठाऊनु ठिक हुन्छ!चाहियो भने कारार मा बिज्ञ हायर गरे हुन्छ त्यसै पनि देश ले धान्न सक्ने अवस्था छैन!

  4. Mukti Nepali says:

    यस्ता निर्णय सधैं हुन्छन्, देखाउनका लागि नियम पहिले यीनैले तोड्छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*